ग्रिन भेन्चर लिमिटेडको आइपिओको दोस्रो दिनमै साढे चार गुणा बढीको आवेदन

भक्तपुर न्यूज

१० चैत २०७८ ७:२९

ग्रिन भेन्चर लिमिटेडको आइपिओको दोस्रो दिनमै साढे चार गुणा बढीको आवेदन

काठमाडौं । ग्रिन भेन्चर लिमिटेडको आइपिओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ । कम्पनीको ८ चैत्रदेखि ३१ लाख २५ हजार कित्ता साधारण सेयर आइपिओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।

सिडिएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नाै लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नाै हजार ३९० कित्ता सेयर आवेदन परेको छ। ११ चैतसम्म आवेदन दिन सकिनेछ । ११ चैतलाई अन्तिम दिन तोकिएको आईपीओ आवेदन दिने समय अब दुई दिन बाँकी छ ।

कम्पनीले आइपिओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर म्युचल फण्डलाई बाँडफाँड गरिनेछ ।

प्रकाशित मितिः २०७८ चैत १० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय