दैलेखमा सडकको अवस्था बेहाल, सरोकारवालाहरु मुकदर्शक
। कुमार प्याकुरेल ।
दैलेख, १७ बैशाख । सुन्दा पनि अपत्यारिलो सदरमुकाम त्यसमा पनि नगरपालिकाको शहर दैलेख बजारमा सवारी साधनहरु बाटो गडबड भएको बर्षौ सम्म पनि मर्मत नहुँदा दिनहुँ बजार बिचमा फस्ने गरेका छन् । साघुँरो बाटो अनि ठूला ठूला सवारी साधनको बजार प्रवेशकै कारण दैलेख बजारको मूख्य आकषर्ण देवकोटा चोक सवारी साधान फस्ने र जाम हुँदा सडक क्रमशः गर्न समेत अप्ठेरो पर्दा समेत सरोकारवाला निकायहरु केवल मूकदर्शक मात्र बनेका छन् । यसरी सवारी जाम हुँदा अर्को सावरी पहिला फसेको सवारी साधन ननिक्ले सम्म पर्खनु पर्ने बाध्यता त छ दै छ सडक यात्रुहरुले समेत सास्ती खेप्नु परेको छ । पहिला राम्रो सडकको अवस्था कसरी यस्तो हुन पुग्यो भन्दा दैलेख बजारमा भएको पानीको अभाव पुर्ती गर्न स्थानीयहरुले सहारे खानेपानी आफ्नै लगानीमा सम्पन्न गर्ने योजनामा आफ्नो खुसी खाडलहरु खन्दा समस्या सुल्झिनुको साट्टो बल्झिएको हो । एका तर्फ स्थानीयहरुलाई पाईप लाईन बिछ्याउने खाडल खन्न हता अर्को तर्फ खानेपानीको ठेक्का लिएको ठेकदारको चरम लापरवाही र ठेक्दार र समिति बिचको बढ्दो द्वन्द्वकै कारण दैलेखी स्थानीयहरुले समस्या भोग्नु परेको हो । एकातर्फ पाइपलाईन बिस्तारको हतारो अर्को दैलेख जिल्ला अदालतले बाटोको प्रकृति नियाल्दै सवारी आवागमनमा जारी गरेको आदेशको समेत पालना हुन नसक्दा दिनहुँ जस्तो सवारी चालक याुत्रु र सडकमा हिँडुने यात्रुले अप्ठेरोको सामना गर्नु परेको छ । सडक आसपासमा सवारी पार्किङ गर्न नमिल्ने र एकतर्फि सवारी सञ्चालनको आदेशको पालना तर्फ सवारीचालक र केही स्थानीयको आर्थिक रवाफकै कारण सर्वसाधारण स्थानियले यस्तो समस्या झेल्नु परेको स्थानीय ब्यवसायी थापाले बताए । उनले भने सक्नेले जे गरे पनि हुन्छ भन्ने मानसिकताकै कारण दैलेख बजारको सुन्दर देवकोटा चोक सावरी साधन फस्ने र यात्रुहरुलाई साथै अन्य सवारीलाई समेत अप्ठेरो पारेको छ ।
अर्का स्थानिय गणेश कोइराला भन्छन्, स्थानीय निर्वाचनको तयारीमा यतीबेला सबै होमिएका छन् तर पनि कसैको ध्यान यता तर्फ जान सकेको छैन । बिकासको गतीलाई तिव्रता दिन सबै भन्दा पहिलो आधार भनेको सडकको पहुँच भएता पनि नगरपालिका त्यसमा पनि दैलेख बजारको मुख्य बजारमा सडकको हालत त यस्तो छ भने दैलेखका अन्य स्थानमा नाममात्रको सडक बिस्तारको अवस्था कस्तो होला उनी प्रति प्रश्न गर्छन् ।
जे जस्तो भएता पनि दैलेख बजारको मुख्य आकर्षण रहेको अनि त्यसमा पनि दैलेख जिल्ला बिकास समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत ,नारायण नगरपालिका , महिला बिकास र जिल्ला प्राबिधिक कार्यालयको मुल गेटमै रहेको चोकको सडक तर्फ ध्यान जान नसक्ने सरोकारवालाहरुले दैलेखको बिकासका लागि के गर्लान् भन्ने स्थानीयहरुको जिज्ञासा बेलैमा सम्बोधन गर्नु पर्ने देखिन्छ । सुर्खेतबाटै सडकका सम्पूर्ण कामहरु हेर्नु पर्ने बाध्यता र दैलेखमा रहेका सरोकारवालाहरुले दैलेखी स्थानीयहरुको समस्या सम्बोधन गर्ने तर्फ बेलामै कदम चाल्न नसके त्यसको नकारात्मक स्थितिको श्रजना हुने समेत चर्चा चलेको छ ।
