आज एमालेले आफ्नो चुनावी घोषणा पत्र जारी गर्दै
काठमाडौं, १७ बैशाख । प्रमुख विपक्षी दलको रूपमा रहेको नेकपा एमालेले आगामी स्थानीय तहको लागि पार्टीको चुनावी घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी मुख्य कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलनको आयोजना गरी घोषणा पत्र सार्वजनिक गर्न लागिएको हो ।
शुक्रबार बसेको स्थायी समिति बैठकले घोषणा पत्रलाई अन्तिम रूप दिएको हो । एमालेको घोषणा पत्रमा विकास योजनाका साथै सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा पारिएको छ । सार्वजनिक गर्न लागिएको उक्त घोषणा पत्रमा वृद्ध भत्ता मासिक पाँच हजार पुर्याउने, वार्षिक चारदेखि पाँच लाखसम्म रोजगारी दिलाउने उल्लेख गरिएको छ ।
त्यस्तै घोषणा पत्रमा देशमा गरिबी र बाह्य चलखेल सहन नसकिने र मुलुकले एमालेको नेतृत्वमा छोटो समयमै आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । घोषण पत्र स्थानीय तहलाई बलियो बनाउने, आर्थिक विकास अगाडि बढाउने र सामाजिक समानता कायम गर्ने विषयमा केन्द्रित रहेको नेताहरूले बताएका छन् ।