सल्यानमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु
दाङ । सल्यानमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । शनिवार साँझ खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७८ चैत ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
