दैलेखमा कांग्रेसका उम्मेदवार तोकिए

भक्तपुर न्यूज

१६ वैशाख २०७४ १:४०

दैलेखमा कांग्रेसका उम्मेदवार तोकिए

दैलेख १६ बैशाख । नेपाली काँग्रेस दैलेखले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्ना उमेदवारहरुको टुङ्गो लगाएको छ । जिल्लाका ४ वटा नगरपालिका तथा ७ वटा गाउँपालिकाका उम्मेदवारहरुको टुङ्गो लागिसकेको नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण वी।सी।ले जानकारी दिए ।

वी।सीका अनुसार नारायण नगरपालिको मियरमा मनिराम रेग्मी र उपमेयरमा पासना थापा रहेकाछन् । यस्तै दुल्लु नगरपालिकाको मेयरको उम्मेदवारमा घनश्याम भण्डारी उपमेयरमा कृष्णा शाही रहेका छन् । यस्तै, आठविसे नगरपालिकामा प्रेम प्रकाश शाही मेयर र उपमेयरमा दीपा माझी चयन भएका छन् । चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरको उम्मेदवार गणेशकुमार शाही चयन भएका छन् भने उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको छ । यस्तै, डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले टिकट पाएका छन् ।

यता भगवतीमाई गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट दशरथ खड्का र उपाध्यक्षको मीना थापाले पाएका छन् ।नौमुले गाउँपालिकामा अध्यक्ष भदे बुढामगर र उपाध्यक्षका उम्मेदवार अमृता सिंह बनेका छन् । महाबु गाउँपालिको अध्यक्षको उम्मेदवार कर्णबहादुर शाही र उपाध्यक्षमा मञ्जु पाण्डे रहेका छन् ।

भैरवी गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट जनार्धन ज्ञवाली र उपाध्यक्षको उम्मेदवार बसन्ता थापाले पाएका छन् भने ठाँटिकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिक रक्षबहादुर शाहीले पाएको छन् । ठाँटिकाँधमा उपाध्यक्षको निर्णय हुँन बाँकी रहेको छ ।

यस्तै, गुँरास गाउँपालिकाको अध्यक्षको उम्मेदवार खेमराज वलीले पाएको छन् भने उपाध्यक्षको भने टुङगो लाग्न बाँकी रहेको सभापति वी।सीले बताए ।वली दैलेखका ११ स्थानीय तहका कांग्रेसका उम्मेदवारहरु मध्ये सबैभन्दा कान्छा उम्मेदवार समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *