सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घट्यो

भक्तपुर न्यूज

२ चैत २०७८ ६:४०

सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलामा एक लाख ५ सय रुपैयाँ थियो। त्यस्तै, बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भएको थियो।

प्रकाशित मितिः २०७८ चैत ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय