आज सुनको भाउ बढ्यो
काठमाडौं, १५ बैशाख । हिजोसम्म लगातार घटेदै आएको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५४ हजार ६ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय ७० कायम भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
