५० वर्ष माथिका नागरिकको वर्षमा १ पटक स्वास्थ्य परिक्षण निशुल्क गर्ने सरकारको घोषणा

भक्तपुर न्यूज

२७ फागुन २०७८ ८:३१

५० वर्ष माथिका नागरिकको वर्षमा १ पटक स्वास्थ्य परिक्षण निशुल्क गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले ५० वर्षभन्दा माथिका नागरिकलाई वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो र मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ ।

सो अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको जनाएको छ । यस्तै, आफ्नो मृत्यु पश्चात शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रीपरिषद बैठकले गरेको छ । स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मितिः २०७८ फागुन २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय