नेविसंघमा ३ केन्द्रीय सदस्य मनोनित
काठमाडौं, १४ बैशाख । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा तीन जना मनोनित भएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले संजीब न्यौपाने, तीर्थ गौतम र मनीषजंग थापालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।
नेविसंघको विधानमा पदाधिकारी र सदस्यसहित २२ जना मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष महरले महाधिवेशन सकिएको आठ महिनापछि तीन जनामात्र मनोनित गरे पनि १९ जना मनोनित हुन अझै बाँकी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
