प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से, साढे ३ लाख बढीको कारोबार

भक्तपुर न्यूज

२३ फागुन २०७८ ६:२३

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से, साढे ३ लाख बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ३.६६ अंक घटेर २५४३.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७३ अंक घटेर २५४२.६६ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८५ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा १८ स्टकको ३ लाख ८३ हजार १०७ रुपैयाँ ८० पैसा बराबरको ९५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। यस्तै, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मितिः२०७८ फागुन २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय