मिथाली ६ विश्वकप खेल्ने पहिलो महिला खेलाडी

भक्तपुर न्यूज

२२ फागुन २०७८ ७:४४

मिथाली ६ विश्वकप खेल्ने पहिलो महिला खेलाडी

काठमाडौँ । भारतीय महिला क्रिकेट टिम कप्तान मिथाली राज ६ वटा विश्वकप क्रिकेट खेल्ने पहिलो महिला खेलाडी बनेकी छन् ।

३९ वर्षीया मिथाली समग्रमा भने ६ वटा विश्वकप खेल्ने तेस्रो खेलाडी बनेकी छन् ।न्यूजिल्यान्डमा जारी आईसीसी महिला क्रिकेट विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै मिथालीले उक्त कीर्तिमान कायम गरेकी हुन् ।

यस अघि पुरुषतर्फ भने पाकिस्तानका जावेद मियान्डाड ६ विश्वकप खेल्ने पहिलो खेलाडी बनेका थिए । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर भने ६ विश्वकप खेल्ने दोस्रो खेलाडी हुन् ।

मिथालीले पाकिस्तानविरुद्ध आईबार केवल ९ रन बनाएकी थिइन् । यता चार विश्वकपमा कप्तानी गर्ने दोस्रो खेलाडी समेत बनेकी छन् ।

अष्ट्रेलियाकी बेलिन्डा कलार्कले समान चार विश्वकपमा कप्तानी गरेकी छन् । त्यतिमात्र नभएर २० वर्षसम्म विश्वकप खेल्ने मिथाली पहिलो खेलाडी बनेकी छन् ।

प्रकाशित मितिः २०७८ फागुन २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय