एजेन्सी, १४ बैशाख । आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीलाई १–० ले हराउँदै छैटौं स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा आर्सनलले साबिक विजेता लेस्टर सिटीलाई १–० ले हरायो । आर्सनलको जितमा ८६ औं मिनेटमा लेस्टरका रोबर्ट हुथले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।
जितपछि ३२ खेलबाट ६० अंकसहित आर्सनल छैटौं स्थानमा उक्लिएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन अंकले पछि छ । १५ औं स्थानको लेस्टरको ३३ खेलबाट ३७ अंक छ ।
राति नै भएको अर्को खेलमा मिडल्सबर्गले सन्डरल्याण्डलाई १–० ले हरायो ।
आर्सनल आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायमै
0
Share.
Comments