अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी राष्ट्रपति पुटिनलाई तानाशाहको संज्ञा

भक्तपुर न्यूज

१८ फागुन २०७८ ७:०६

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी राष्ट्रपति पुटिनलाई तानाशाहको संज्ञा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ । संसदमा सम्बोधन गर्दै बाइडेनले पश्चिमा देशहरुलाई विभाजन गर्न सक्ने पुटिनको गलत आँकलन रहेको भन्दै पश्चिमी देश एकजुट रहेको बताए । उनले रुस अहिलेसम्मकै सबैभन्दा धेरै एक्लिएको दाबी पनि गरे ।

यसैबीच रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । विमानबाट ओर्लेका सेनाहरुले एउटा सैनिक अस्पतालमाथि आक्रमण गरेका र लडाइँ चलिरहेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले राजधानी किभलाई पनि घेरेर आक्रमण गरिरहेका छन् ।

यसैबीच रुसले आफ्ना नागरिकलाई १० हजार अमेरिकी डलरभन्दा बढी नगद लिएर देशबाहिर जान प्रतिबन्ध लगाएको छ । पश्चिमा देशका कडा प्रतिबन्धहरू लगाइरहेका बेला रुसी राष्ट्रपति पुटिनले आजदेखि लागु हुनेगरी यस्तो ओदश जारी गर्नुभएको बीबीसीले जनाएको छ । पश्चिमा देशहरूको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र र मुद्रामा समस्या बढीरहेको छ । रुसको शेयर बजार आज तेस्रो दिन पनि बन्द छ । एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय