प्रि ओपन सेसनमा १४ कम्पनीको शेयरमूल्य बढ्यो, कति भयो कारोबार ?

भक्तपुर न्यूज

१८ फागुन २०७८ ६:५४

प्रि ओपन सेसनमा १४ कम्पनीको शेयरमूल्य बढ्यो, कति भयो कारोबार ?

काठमाडौं । साताको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४३.१२ अंक घटेर २६१०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९२ अंक बढेर २६१२.५१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रकाशित मितिः २०७८ फागुन १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय