अमेरिकाले लगायो सबै रुसी उडानमाथि प्रतिबन्ध

भक्तपुर न्यूज

१८ फागुन २०७८ ६:४१

अमेरिकाले लगायो सबै रुसी उडानमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकाले सबै रुसी उडानमाथि प्रतिबन्ध लगाएको छ । स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।

युरोपेली देश तथा क्यानडाले रुसी विमानहरुमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णयबाहिर आएको हो । राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए ।

यसअघि युरोपेल राष्ट्र र क्यानडाले पनि रुसी उडानमा प्रतिबन्ध लगाइसकेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय