काठमाडौं । ब्राजिलियन पुर्व फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको समस्याबाट ग्रसित पेले उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनलाई साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकहरुका अनुसार उनको अहिलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पछिल्लो समयमा अवस्थ रहेका पेलेको गत वर्षमात्र ट्युमरको शल्यक्रिया गरिएको थियो । पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ ।
प्रकाशित मितिः २०७८ फागुन १७ मंगलबार
Comments