एक सातादेखि घट्दै सुनचाँदीको मूल्य
काठमाडौं, १४ बैशाख । आज सुन तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय ७५ कायम भएको छ ।
एक सातादेखि सुनचाँदीको मूल्य घटि रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
