सरकारले किर्ते गरेको ओलीको आरोप

भक्तपुर न्यूज

१४ वैशाख २०७४ ७:५५

सरकारले किर्ते गरेको ओलीको आरोप

काठमाडौ, १४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले नभई सरकारले किर्ते गरेको आरोप लगाएका छन् ।
सिलवालको बचाउमा उत्रिएका ओलीले बिहीबार एमालेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’

उनले अघि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’

गृहसचिव, तत्कालीन एआईजी र आईजीपी उही हस्ताक्षर भएको दुई वटा कार्यसम्पादन कसरी हुन्छ भन्दै ओलीले सिलवालले नभई सरकारले कीर्ते गरेको दाबी गरे । अहिले सरकारले सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनको हस्ताक्षर कीर्ते हो भन्न फरेन्सिक ल्याबलाई दबाव दिइरहेको उनको दाबी छ ।

सरकारमा बसेर घटिया काम गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘डीआईजीलाई ज्यानमा खतरा छ भन्न सक्छ भने त्यो भन्दा तलको के होला ? बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *