मोरङको शरणार्थी शिविरमा ४० वर्षीय पुरुषको शव फेला
काठमाडौं । मोरङको पथरीशनिश्चरे १० स्थित शरणार्थी शिविरमा एक पुरुषको शव फेला परेको छ। शरणार्थी शिविर सेक्टर नम्बर सी (२) मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगरको शव कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको हो। घरभित्र सुतिरहेको र किरा परेर दुर्गन्धित भएको अवस्थामा मगरको शव भेटिएको मोरङ प्रहरीले बताएको छ।
घरभित्र सडेको शव देखेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले बताए। मृत फेला परेका मगर केही समयदेखि घरमा एक्लै बस्दै आएको पथरीशनिश्चरे-१० का वडाध्यक्ष सागर राईले बताए। मगरका परिवारका सबै सदस्य अमेरिकामा रहेको राईले जानकारी दिएका छन्।
प्रकाशित मितिः २०७८ फागुन १३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
