सरकारको जवाफ चित्त नबुझेको भन्दै एमालेले गर्यो संसद अबरुद्ध
काठमाडौं, १३ वैशाख । सरकारले मधेशमा स्थानीय तहको संख्या बढाउन लागेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । एमालेको अवरोधका कारण बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले हिजो पनि संसद बैठक अवरुद्ध गरेको थियो । स्थानीय तहको संख्या बढाउनुको चित्त बुझ्दो कारण दिएमा संसदमा अवरोध नगर्ने भनेको थियो ।
आज स्थानीय विकास मन्त्री कमल थापाले दिएको जवाफको चित्त नबुझेको भन्दै संसद बैठक अवरुद्ध गरेको जनाएको हो ।
तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयमा उपप्रधानमन्त्री थापाले दिएको जवाफ चित्त नबुझेपछि अवरुद्ध गरेको हो ।
प्रमुख प्रतिपक्ष एमालेले स्थानीय निकाय पुनर्संरचना आयोगकै प्रतितवेदन विपरीत र निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा संख्या थप्न र सीमा चलाउन नमिल्ने तर्क गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७