दक्षिण कोरियामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

भक्तपुर न्यूज

११ फागुन २०७८ १०:४४

दक्षिण कोरियामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

काठमाडौं । दक्षिण कोरियामा ५-११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ। देशको औषधी सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो। १२ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो।

तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ। दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ जना कोरोनाभाइरसबाट सक्रमित भएका छन्। एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय