५५ हजार तल ओर्लियो सुन

भक्तपुर न्यूज

१३ वैशाख २०७४ ५:४४

५५ हजार तल ओर्लियो सुन

काठमाडौं, १३ बैशाख । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५५ हजार १ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो फाइन गुणस्तरको मूल्य हो । स्टाण्डर्ड गुणस्तरको मूल्य फाइनभन्दा ३ सय रुपैयाँ कम पर्दछ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय ८० कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *