काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो सफलता मिलेको छ।
नेपालका लागि अविनाश बोहोराले युएईका मोहम्मद उस्मान र मोहम्मद वासिमलाई आउट गरेका हुन्। अविनाशले एकै ओभरमा दुई विकेट लिएका हुन्।
यसअघि कप्तान सन्दीप लामिछानेले भिर्त्या अरविन्द र जितेन्द्र मुखियाले चिराग सुरीलाई आउट गरेका थिए।
प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार
Comments