काठमाडौं । नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। केही बेरपछि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुने खेलमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा फर्किदा गुल्सन झालाई आराम दिइएको छ।
क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ । नेपाल विजेता बनेमा समूह ए को उपविजेता युएई र उपविजेता बने समूह ए को विजेता अर्थात् टेस्ट टोली आयरल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
सोमबार भएको खेलमा आयरल्यान्ड जमर्नीलाई ७ विकेटले हराउँदै सेमिफाइनमा पुगिसकेको छ। यता, युएईले आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएको थियो।
सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न पाउँछन्। यता, क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ।
प्रकाशित मितिः २०७८ फागुन ०९ सोमबार
Comments