सञ्जय दत्तको फिल्म ‘तुलसीदास जुनियर’को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

९ फागुन २०७८ ९:०७

सञ्जय दत्तको फिल्म ‘तुलसीदास जुनियर’को  ट्रेलर सार्वजनिक

काठमाडौं । स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव अभिनित फिल्म ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक भएको छ । ४ मार्चमा रिलिज हुने फिल्म १३ वर्षका एक केटाको कथामा निर्माण भएको हो ।

जसले स्नुकर खेलमा आफ्नो बुबाको हारको बदला लिन्छन् । भुषणकुमार र आशुतोष गोवारिकरले मिलेर निर्माण गरेका फिल्म २०२२ को प्रतीक्षित फिल्म मध्ये एक बताइएको छ ।

गुलशन कुमार र टी सीरीजको प्रस्तुति रहेको फिल्मको निर्माण संस्था आशुतोष गोवारिकर प्रोडक्सन रहेको छ । फिल्मका निर्माता भुषणकुमार, कृष्णकुमार, आशुतोष गोवारिकर र सुनिता गोवारिकर हुन्, भने लेखन तथा निर्देशन मृदुल रहेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय