काठमाडौंमा चोरिएका ३ मोटरसाइकलसहित २१ वर्षीय युवक पक्राउ

भक्तपुर न्यूज

८ फागुन २०७८ ११:२०

काठमाडौंमा चोरिएका ३ मोटरसाइकलसहित २१ वर्षीय युवक पक्राउ

काठमाडौं । काठमाडौंमा तीनवटा मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं को नयाँ बानेश्वर घर भएका  २१ वर्षीय पुलकित ठकुरीलाई प्रहरीले चोरीका मोटरसाइकलसहित शुक्रबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

गएको शुक्रवार जडीबुटीको नरेफाँट नजिकै नियमित जाँचका क्रममा ठकुरीले आफूले चलाएको मोटरसाइकलको कागजात दिन आनाकानी गरेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनले मोटरसाइकलको वास्तविक नम्बर प्लेट छोपेर नक्कली नम्बर राखेको भेटिएको थियो ।

पक्राउ परेका पुलकित ठकुरीसँग सोधपुछका क्रममा थप दुई वटा मोटरसाइकल पनि चोरेर नरेँफाटको खाली जग्गामा फोहोरको थुप्रो नजिकै राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७८ फागुन ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय