दोस्रो संशोधन विधेयकमाथि आज छलफल हुँदै

भक्तपुर न्यूज

१२ वैशाख २०७४ ५:२४

दोस्रो संशोधन विधेयकमाथि आज छलफल हुँदै

काठमाडौं, १२ वैशाख । व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट हिजो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संशोधन प्रस्ताव प्रस्तुत गरेका संविधानको दोस्रो संशोधन विधेयकमाथि आज छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने संसद बैठकमा संविधानको दोस्रो संशोधनबारे सैद्धान्त्कि छलफल हुनेछ ।
यो प्रस्तावलाई छिटोभन्दा छिटो पारित गर्ने सहमति सत्तारुढ दल र आन्दोलनरत मधेसी मोर्चाबिच भएको छ । त्यसैले सत्तापक्षले बाठमाडौं बाहिरका आफ्ना सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने संसदमा प्रस्तुत भएको भएको दोस्रो संशोधन विधेयक संविधानको आधारस्तम्भ संरचना नै खलबल्याउने खालको भएको भन्दै टिप्पणी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय