काठमाडौं । पूर्व अध्यक्षको सम्झनामा नेपाल बास्केटबल संघले ‘लामा टेण्डी शेर्पा’ स्मृति खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।
स्वर्गीय लामाको सम्झना र उनले नेपाली बास्केटबलमा पुराएको योगदानको कदर गर्दै यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बिहीबार एक पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।
२ फागुनदेखि ११ दिन चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
प्रतियोगितामा महिला र पुरुषतर्फ गरि कुल १९ टिमको सहभागिता रहनेछ। जसमध्ये अन्तर्राष्ट्रिय टिमको रूपमा बंगलादेशको क्लब च्याम्पियन, न्याभी टिमको पनि सहभागिता रहनेछ।
प्रतियोगितमा महिलातर्फ पाँच टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। दुवै विधाका उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित मिति २०७८ माघ २७ बिहीबार
Comments