आज सस्तियो सुन
काठमाडौं, ११ बैशाख । आज सुन तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो फाइन गुणस्तरको मूल्य हो । स्टाण्डर्ड गुणस्तरको मूल्य फाइनभन्दा ३ सय रुपैयाँ कम पर्दछ ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर ७९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
