नेपाल आयल निगमले आईओसीलाई पठायो करिब ८ अर्ब
काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । निगमले मंगलबार आईओसीलाई सो रकम भुक्तानी गरेको निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ । आगामी २३ तारिखमा करिब १२ अर्ब रुपैयाँ पठाइने निगमले जनाएको छ ।
जोर बिजोर प्रणाली पनि खुल्ला भइसकेकाले अब तेलको खपत झन् बढ्न जानेछ । खपत जति बढ्यो निगमलाई घाटा रकम पनि त्यति नै बढ्न जान्छ । निगमलाई हाल पेट्रोल, डिजेल र ग्यासमा ठूलो नोक्सानी छ भने हवाई इन्धन र मट्टितेलमा भने फाइदा छ ।
नेपालमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको पहिलो पााच महिना साउनदेखि मंसिर मसान्तसम्म मात्रै १ खर्ब ६ अर्ब २७ करोड रुपैयाा बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयात हुने बस्तुमा रकमका आधारमा यसको हिस्सा मात्रै १२. ७ प्रतिशत छ।
प्रकाशित मितिः २०७८ माघ २६ बुधबार
