काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको शनीबार आज हुने भनिएको खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आज हुने भनिएको खेल माघ २६ गते हुने जनाएको छ ।
वर्षाका कारण दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको हो । नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो ।
तर, च्यासलका खेलाडीमा कोरोना सङ्क्रमण देखिएपछि खेल स्थगित भएको थियो । च्यासलका १९ खेलाडीमा कोरोना पुष्टि भएको थियो ।
जारी लिगमा पुलिस ८ खेलमा ७ अङ्क जोडेर ११ औं स्थानमा छ । च्यासल ८ खेलमा ५ अङ्क जोडेर १३ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७८ माघ २२ शनिबार
Comments