सुनीलले छाडेको फिल्म ‘लाखे’ मा प्रशान्त अनुबन्धित

भक्तपुर न्यूज

१९ माघ २०७८ ११:०२

सुनीलले छाडेको फिल्म ‘लाखे’ मा प्रशान्त अनुबन्धित

काठमाडौं । फिल्म ‘लाखे’ मा प्रशान्त ताम्राकार भित्रिएका छन्। फिल्मको मुख्य खलनायकको भुमिकाको लागि उनी अनुबन्धित भएका हुन्।

यसअघि ‘लाखे’ मा खलनायकको भूमिकामा कलाकार सुनील थापाको अभिनय हुने पक्का भएको थियो। तर थापाले बलिउड फिल्ममा काम गर्ने भएकाले समय दिन भ्याएनन्। जसकारण थापाकै सहमतिमा प्रशान्तलाई भित्र्याएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए। अभिनेता ताम्राकारले पनि ‘लाखे’ मा जोडिन पाउँदा खुसी लागेको बताएका छन्।

फिल्ममा अनुप विक्रम शाही, बर्षा राउत, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, रोहित रुम्बा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण फिल्मका निर्माता सिजन अर्याल हुन्। फिल्ममा कार्यकारी निर्माताका रुपमा हरि मल्ल ठकुरी छन्। गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्माता अर्यालले नै लेखेका हुन्।

प्रकाशित मितिः २०७८ माघ १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय