नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीद्वारा एक हजार १९२ नागरिकको हत्या

भक्तपुर न्यूज

१९ माघ २०७८ १०:५८

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीद्वारा एक हजार १९२ नागरिकको हत्या

काठमाडौं । नाइजेरियामा गत वर्ष मात्र बन्दुकधारीहरूले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरूले सन् २०२१ मा मात्र एक हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरूले गत वर्ष मात्र तीन हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलवार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।

साथै गत वर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरूलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।एजेन्सी

प्रकाशित मितिः २०७८ माघ १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय