सामसुङ एस एट र एस एट प्लस नेपाली बजारमा

भक्तपुर न्यूज

६ वैशाख २०७४ ९:४१

सामसुङ एस एट र एस एट प्लस नेपाली बजारमा

काठमाडौं, ६ वैशाख । नेपाली बजारमा सामसुङका दुई स्मार्टफोन ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ आज सार्वजनिक गरिएको छ । नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता आइएमसले दुई स्मार्टफोन सार्वजनिक गरेको हो ।
नेपाली बजारमा एस एट को मूल्य  ८८ हजार ९ सय र प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सामसुङका यी नयाँ स्मार्टफोन किन्दा ग्राहकहरुले एनसेलको सिमसँगै आठमहिनाको लागि प्रत्येक महिना ८ जिबी डाटा पनि पाउनेछन् । त्यस्तै फोनको ६ महिनासम्मको लागि इन्स्योरेन्सको व्यवस्था गरिएको इमआईले जानकारी दिएको छ ।
अन्तराष्टिय बजारमा आइसकेको ‘एस एट’ मा ५.८ तथा ‘एस एट प्लस’ मा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ । दुवै स्मार्टफोनमा गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
२९६० क्रस १४४० पिक्सल रिजोलुसन रहेको दुवै फोनमा ४ जिबी र्याम रहेको छ । २५६ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरी क्षमता बढाउन सकिन्छ । एन्ड्रोइड ७ नोगाट भर्सनको अपरेटिङ सिस्टमको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा छ भने फ्रन्ट क्यामेरा ८ मेगापिक्सल रहेको छ ।
पानी र धूलो छिर्न नसक्नेगरी तयार गरिएको यी स्मार्टफोनहरुमा ‘एस एट’ मा ३ हजार एमएएच तथा ‘एस एट प्लस’ को ३५ सय एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ । अन्तराष्टिय बजारमा ब्ल्याक, सिल्भर, ग्रे र कोरल ब्लु र गोल्डेन कलरमा फोनहरु आएका छन् ।
वैशाख २२ गतेदेखिमात्र ग्राहकहरुले किन्न पाउने यो स्मार्टफोनको प्रि बुकिङ भने खुल्ला भएको छ ।  www.s8prebooking.com वेबसाइटमा गएर बुकिङ गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *