नवलपुरमा मजदुर बोकेको भ्यान दुर्घटना हुँदा ८ जना घाइते

भक्तपुर न्यूज

१८ माघ २०७८ ६:४५

नवलपुरमा मजदुर बोकेको भ्यान दुर्घटना हुँदा ८ जना घाइते

नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ मा मजदुर बोकेको पीकअप भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान दुर्घटनामा परेको ८ जना घाइते भएका हुन् ।

नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको बा १४ च २९०६ नम्बरको भ्यान आज बिहान साढे ७ बजे झराही खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घाइतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ । घाइतेको अवस्था मध्यम छ ।

प्रकाशित मितिः २०७८ माघ १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय