उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण

भक्तपुर न्यूज

१६ माघ २०७८ १०:३१

उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण

काठमाडौं । उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ। आइतबार बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको अनुमान गरिएको छ।

उत्तर कोरियाले स्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।

अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गरेका छन्। उत्तर कोरियाले यो जनवरीमा सातौँपटक मिसाइल परीक्षण गरेको हो।

ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ। तर उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ।

उत्तर कोरियाले आइतबार मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले जनाएको छ। यसअघि यो क्षमताको मिसाइल उत्तर कोरियाले सन् २०१७ को नोभेम्बरमा परीक्षण गरेको थियो।

आइतबारको मिसाइल दुई हजार किलोमिटरको उचाइमा पुगेर ८०० किलोमिटर पर पुगेको जापान र दक्षिण कोरियाका अधिकारीले आँकलन गरेका छन्।
एजेन्सी

प्रकाशित मितिः २०७८ माघ १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय