ठमेलमा अनलाइनमार्फत जुवा खेलाउने दुईजना पक्राउ

भक्तपुर न्यूज

१२ माघ २०७८ ७:२३

ठमेलमा अनलाइनमार्फत जुवा खेलाउने दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा अनलाइनमार्फत जुवा खेलाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित एलओडी क्लब अगाडि घनश्याम अम्गाईले सञ्चालन गरेको ठमेल होस्टेलको पाँचौं तलामा अनलाइनमार्फत जुवा खेलाउने दुई जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ थाइवाङ–९ घर भएका ठमेल होस्टल सञ्चालक राकेश कुमार क्षेत्री र भारतको दिल्ली तिलकनगर घर भएर ठमेल बस्ने जसपाल सिंह रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक लाख ५५ हजार नगद, सानिमा बैंकको ७४ हजारको चेक, कुमारी बैंकका विभिन्न मिति तथा व्यक्तिका नाममा पठाइएका ५ लाख ६५ हजार बराबरका सात थान भौचर, राष्ट्रिय वाणिज्य बैंकको रेशम राईको नाममा पठाइएको ३२ हजार बराबरको भौचर, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न व्यक्तिलाई पठाइएका १८ लाख ४९ हजार बराबरको चार थान भौचर, विभिन्न कम्पनीका मोवाईल, नागरिकता, पासपोर्टलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले केही दिनअघि मात्रै कीर्तिपुरबाट अनलाइनमार्फत जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मितिः २०७८ माघ १२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय