सुनको मूल्य बढ्दा चाँदीको घट्यो , कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

११ माघ २०७८ ६:५४

सुनको मूल्य बढ्दा चाँदीको घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदको मूल्य भने घटेको छ । हिजो (सोमबार) प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार ५०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार १५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय