तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुर न्यूज

१० माघ २०७८ ६:३३

तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ८ बजे ऋषिङ गाउँपालिका–८, को सल्लाघारी जंगलमा दाउरा खोज्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८, का ७० वर्षीय दलबहादुर राना रहेको तनहुँ प्रहरीले जनाएको छ। दाउरा खोज्ने क्रममा बिजुलीको लाइनमा हुँदा उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको तनहुँका डीएसपी युवराज खड्काले बताए।

प्रकाशित मितिः २०७८ माघ १० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय