कोरोना खोप लगाएको आधा घण्टामै एक पुरुषको मृत्यु

भक्तपुर न्यूज

९ माघ २०७८ ११:४६

कोरोना खोप लगाएको आधा घण्टामै एक पुरुषको मृत्यु

धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

उनले कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । तर खोप लगाएर गएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको खबर आएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएको छ ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुरीमा छ ।

प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय