गुडिरहेको बोलेरोमाथि ढुङ्गा खस्दा तीनको मृत्यु, तीन जना घाइते

भक्तपुर न्यूज

९ माघ २०७८ ९:०७

गुडिरहेको बोलेरोमाथि ढुङ्गा खस्दा तीनको मृत्यु, तीन जना घाइते

ओखलढुङ्गा । ओखलढुंगामा गुडिरहेको बोलेरोमाथि ढुङ्गा खस्दा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिद्धिचरण नगरपालिका-३ असिनेमा भएको दुर्घटनामा अरु तीनजना घाइते भएको प्रदेश नम्बर १ प्रहरीले कार्यालयले जनाएको छ।

आइतबार बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई सडकको १०० मिटर माथि स्काभेटरले ढुंगा निकाल्ने क्रममा बोलेरो गाडीलाई किचेको थियो।

दुर्घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट गएको प्रहरी टोलीले बोलेरोमा सवार ६ जनालाई उद्धार गरी सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो।

घाइतेमध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवाका १० बर्षीय युसब कोइराला, ७ वर्षीया युनिशा कोइराला र ओखलढुंगा मानेभञ्ज्याङ १ मोलीका ३० बर्षीय हेमबहादुर मगरको बाटैमा मृत्यु भएको छ।

बोलेरो चालक ओखलढुंगा मानेभञ्ज्याङ-१ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देवबहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवाकी २८ बर्षीया लक्ष्मी कोइरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

स्काभेटर चालक फरार रहेकोले खोजतलास भइरेहको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय