प्रधानमन्त्री अस्वस्थ पश्चात काममा प्रभाव

भक्तपुर न्यूज

२ वैशाख २०७४ ६:२५

प्रधानमन्त्री अस्वस्थ पश्चात काममा प्रभाव

काठमाडौं २ बैशाख । प्रधानमन्त्री सचिवालयका अनुसार मौसम परिवर्तनसँगै पुष्पकमल दाहाल अस्वस्थ भएका छन् । उनी  अस्वस्थ भएपछि  आज सिन्धुपाल्चोकमा हुने भनिएको राजनीतिक भेलासमेत प्रभावित भएको छ ।
प्रधानमन्त्री दाहाल विशेष राजनीतिक प्रशिक्षणका लागि सिन्धुपाल्चोक जाने तयारी रहेको थियो । तर, प्रधानमन्त्री दाहाल अस्वस्थ भएपछि सिन्धुपाल्चोकको कार्यकक्रसमेत स्थगित भएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको थियो । यसरी उनी अस्वस्थ भएपछि अन्य काममा समेत प्रभावमा पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *