आहा रारा गोल्डकपमा आज एपीएफ र बीवाईएसी यूएसए भिड्दै

भक्तपुर न्यूज

८ माघ २०७८ ७:५३

आहा रारा गोल्डकपमा आज एपीएफ र बीवाईएसी यूएसए भिड्दै

काठमाडौं । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा (युएसए) दिउँसो साढे २ बजे भिड्न लागेका हुन् ।

दुबै टिम आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

प्रकाशित मितिः २०७८ माघ ०८ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय