काठमाडौं । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा (युएसए) दिउँसो साढे २ बजे भिड्न लागेका हुन् ।
दुबै टिम आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।
प्रकाशित मितिः २०७८ माघ ०८ शनिबार
Comments