कैलालीमा एक शिक्षकको पुलमा सेल्फी खिच्ने क्रममा मृत्यु
कैलाली । कैलालीमा एक शिक्षकको पुलमा सेल्फी खिच्ने क्रममा मृत्यु भएको छ । जिर्ण भइसकेको काठको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३९ वर्षीय शिक्षक भाटको पुलबाट खसेर टाउको र शरीरमा चोट लागेको छ । उपचारको क्रममा मृत्यु भएको भाटको परिवारले भने भाटको हत्या भएको दाबी गरेको छ । पुलबाट खसेको नभई पुलको नजिक भाटको शव भेटिएको मृतकका आफन्तले बताएका छन् ।
उक्त पुलमा बेलुका ५ बजेपछि जान कडाई गरेको प्रहरीले बताएको छ । भाटको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
