सेयर बजारमा दोहोरो अंकको वृद्धि , ७ अर्ब ९० करोड बढीको कारोबार

भक्तपुर न्यूज

३ माघ २०७८ १०:४६

सेयर बजारमा दोहोरो अंकको वृद्धि ,  ७ अर्ब ९० करोड बढीको कारोबार

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ । आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा सेयर खरिदकर्ता हाबी हुँदा दिनभरिको तीव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको छ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ । सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ ।

अघिल्लो दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो । यसरी हेर्दा आइतबारको तुलनामा कारोबार रकममा भने कमी आएको छ । सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ ।

जसमा बैंकिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार कारोबारमा आएको मध्य भोटेकोशीको सेयरमा सकारात्मक सर्किटको तहमा कारोबार भएको छ । त्यस्तै, सनराइज ब्लुचीप फण्डको इकाइ मूल्य र सिंगटी हाइड्रोपावर तथा सिइडिबी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपी पावरको ४१ करोडको सेयर कारोबार भएको छ ।

प्रकाशित मितिः २०७८ माघ ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय