दक्षिण कोरियामा बिरालोका कारण १०७ घरमा आगलागी !

भक्तपुर न्यूज

३ माघ २०७८ १०:०९

दक्षिण कोरियामा बिरालोका कारण १०७ घरमा आगलागी !

काठमाडौं । दक्षिण कोरियामा घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । गत वर्ष देशभर १०७ घरमा भएका आगलागीका घटना बिरालोका कारण भएको पत्ता लागेपछि सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागले घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिएको हो ।

बिरालोले विद्युतीय स्टोभहरू स्विच अन गरिदिँदा आगलागी सुरु भएको विभागको भनाइ छ । बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभरहिट’ भई आगो लाग्न सुरु हुन्छ ।

गत वर्ष भएका सबै आगजनीमा थुप्रै मानिस घाइते भएका थिए । तीमध्ये आधाभन्दा बढी घटनामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घटना हुने गरेको पाइएको छ ।

विशेषगरी राजधानी सोउलमा आगजनीका घटना एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७८ माघ ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय