सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक पुनः स्थगित
काठमाडौं । सोमबार (भोलि) का लागि बोलाइएको राष्ट्रियसभा बैठक पुनः स्थगित भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
उनका अनुसार राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम बैठक स्थगित गरिएको हो । भोलि दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको थियो।
यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित गरी माघ ३ गतेका लागि बोलाइएको थियो।
प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
