१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

भक्तपुर न्यूज

२ माघ २०७८ ७:३८

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बर्दिया । बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको समाचार स्रोतका अनुसार जिल्लाको राजपुर नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका थारुले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय