प्रधानमन्त्रीले भेटे नवनियुक्त आर्इजीपी अर्याललाई
काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुस्पकमल दाहाल र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच आज भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ ।
साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७