स्वयम्भूमा बसको ठक्करबाट ६५ वर्षीया महिलाको मृत्यु

भक्तपुर न्यूज

२७ पुष २०७८ ९:०३

स्वयम्भूमा बसको ठक्करबाट ६५ वर्षीया महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०७८ पुस २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय